
काठमाडौं । नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा विजयी भएका छन् । भदौ ७ गते सम्पन्न निर्वाचनमा शेर्पाको टीमबाट एक उपाध्यक्ष बाहेक प्यानलै विजयी भएको हो ।
विजयी हुनेहरुमा अध्यक्ष फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल, प्रथम उपाध्यक्ष मिङ्मा ग्याबो शेर्पा, द्धितीय उपाध्यक्ष बोध राज भण्डारी, महासचिव, राजेन्द्र बहादुर लामा, सचिव चन्दन थापा र कोषाध्यक्ष ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबरी मत प्राप्त गरेकाले कार्यकाल बराबरी बाँढ्ने निर्णय सहित दुवैलाई विजयी घोषणा गरिएको छ ।
सदस्यहरुमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा, निशा भोटे विजयी भएका छन् ।
हेर्नुहोस कसको मत कति
अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८
वरिष्ठ उपाध्यक्ष
इश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८
प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
द्धितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८
महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८
सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(कोषाध्यक्षको बराबरी भएकाले आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति अनुसार काम भइरहेको)
सदस्य (विजयी)
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७