
काठमाडौं । नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुल बहादुर गुरुङ समुहले उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार काठमाडौंको गौरीधारा स्थित एलिस रिशेप्सनमा एक कार्यक्रमको आयोजना गर्दै गुरुङ समुहले उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको हो ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा भाद्र ७ गते शनिबार नेपाल पर्वतारोहण संघको निर्वाचन हुँदैछ । निर्वाचनमा कुलबहादुर गुरूङ र फुर गेल्जे शेर्पाको समुहबीच प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षका प्रत्यासी उम्मेदवार गुरूङ नेतृत्वको समावेशी समुहबाट बरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङमा म्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा बिमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा चुनावी मैदानमा होमिएका छन ।
कार्यक्रममा उम्मेदवारहरुले आफ्ना चुनावी प्रतिबद्धता समेत प्रस्तुत गरेका थिए ।