गोरखा सेवा समाज युएईले तीज बिशेष सांस्कृतिक कार्यक्रम गर्दै

गोरखा सेवा समाज युएईले तीज बिशेष सांस्कृतिक कार्यक्रम गर्दै

युएई। गोरखा सेवा समाज युएईले तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। समाजले अगष्ट २४ गते आइतबारको दिन युएईको अजमानमा रहेको एभरेष्ट मःम रेष्टुरेन्टमा कार्यक्रम गर्ने जानकारी दिएको हो।

गोरखाका जिल्लाका कलाकारहरु निरुता गैरे, कल्पना सिग्देल र सुष्मा रोकाले कार्यक्रममा नृत्य र लोकसंगित गाउने छन्।

साथै, यूएईमा रहेका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ।

कार्यक्रममा नेपाली परिकारहरुको स्वादमा पनि रमाउन सकिने बताइएको छ। हाल समाजले कार्यक्रमको तयारी तथा प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अघि बढाएको पनि केन्द्रीय सदस्य सुबास गैरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार