
युएई । बिश्वकर्मा समाज नेपाल युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेकाे छ। हिन्दु नारीकाे महान पर्ब हरितालिका तिजकाे अबशर पारि बिश्वकर्मा समाज नेपाल युएई , दुबइ क्षेत्रिय समितिकाे आयाेजनामा भव्य तिज कार्यक्रम भएकाे हाे ।
आपशी भाइचारा स्थापित गर्दै सामुहिक भातृत्व कायम राख्न र नेपाली माैलिक संस्कृतिकाे समेत परदेशि भुमिका प्रबर्द्धन गर्ने हेतु सहित गरिएकाे कार्यक्रम , संस्थाका दुबइ क्षेत्रिय समितिका अध्यक्ष हुमराज बिककाे अध्यक्षता एबं नेपाली राजदुतावाश आबुधाबीका प्रथम सचिब तिल बहादुर सुनारकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।
वर दुबइ स्थित बाेसि क्लब , हाेटल अस्टाेरियामा भएकाे साे कार्यक्रममा नेपालबाट अामन्त्रित चर्चित लाेक गायिका टीका शानुले सहभागी दर्शकहरूलाइ भरपुर मनाेरंजन दिलाइन् । नया तथा पुराना तिज भाकाहरू सहित गायिका टीका शानुले प्रस्तुति दिएपछि, सहभागी चेलिबेटीहरू खुसि देखिएका थिए ।
तिज पर्व महिलाहरूकाे बिशेष चार्ड भएकालेपनि कार्यक्रममा परदेशमा रहेका महिला चेलीबेटीकाे बाक्लाे उपस्थिति थियाे ।
साे अबशरमा, प्रमुख अतिथि नेपाली राज दुतावाशका प्रथम सचिब तिल बहादुर सुनारले, नेपाली कला र संस्कृतिकाे संरक्षण गर्दै भावनात्मक एकता बलियाे बनाउन समेत कार्यक्रम महत्त्वपूर्ण भएकाे बताए ।
उनले, परदेशमा सबै नेपालिहरूकाे दुखमा साथ दिनका लागि यस्ता सामाजिक संस्थाहरूले उल्लेख्य भुमिका खेलेकाे चर्चा समेत गरे ।
कार्यक्रममा, नेपाली समाज युएईका अध्यक्ष राम माेक्तान, एनआरएनए एनसिसी युएईका अध्यक्ष बिकाश शाही, बिश्वकर्मा समाज नेपाल युएईका संस्थापक अध्यक्ष बाबुराम बिश्वकर्मा, केन्द्रीय अध्यक्ष दुर्गा सुनार, केन्द्रीय काेषाध्यक्ष बाबुराम सुनार , उपाध्यक्ष बिष्णु सुनार , केन्द्रीय सल्लाहकार रत्न बिक, दुबइ क्षेत्रिय समिति उपाध्यक्ष राम संगम सुनार तथा युएईमा कृयाशिल सामाजिक संस्थाका प्रमुख एबं प्रतिनिधिहरूकाे विशेष आतिथ्यतामा भएकाे हाे ।
साेहि अबशरमा युएईमा कृयाशिल कलाकारहरू लाेक गायक बाबुराम परियार, गायक नारायण सुनार , डान्सर लक्ष्मी सुनार , डान्सर अस्मिता विश्वकर्मा ,गायक शसिराम बिस्वकर्मा, डान्सर हेमराज विश्वकर्मा सुमित्रा राना मगर लगायतले सहभागी दर्शकहरूलाइ मनाेंरजन दिएका थिए ।
बिश्वकर्मा समाज नेपाल युएई दुबइ क्षेत्रीय समितिकि उपाध्यक्ष निर्मला बिक काे संयाेजकत्वमा भएकाे साे कार्यक्रम काे संचालन दुबइ क्षेत्रिय समितिका सचिब अमित बिक, उपाध्यक्षहरू सुरज बिसी र सुस्मा सुनारकाे संचालनमा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सहभागी चेलिबेटी तथा उपस्थित सबैलाइ, समाजले तिजकाे दर समेत खुवाएकाे थियाे ।