मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

दुर्घटना

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखतसमेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ -८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन् ।

पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार