साथीहरुसँग पौडी खेल्न गएका कञ्चनका ६ बर्षीय शिशिरको डुबेर मृत्यु

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

रुपन्देही । जिल्लाको कञ्चन गाउँपालिकामा रहेको कञ्चन खोलामा साथीसँग पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा साथीहरुसँग पौडी खेल्न निस्केका कञ्चन गाउँपालिका ४ अश्नैया बस्ने ६ बर्षीय शिशिर हिताङ्गको मृत्यु भएको हो ।

पौडी खेलिरहेको क्रममा एक्कासी शिशिर पानीमा डुबेपछि स्थानीयहरुले प्रहरीलाई जानकारी दिएका थिए। स्थानीयको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रुद्रपुरको प्रहरी टोली घटनास्थलमा पुगी उद्धार गरी कपिलवस्तु स्थित पिपरा अस्पतालमा उपचारको लागि पुर्‍याएपछि शिशिरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिश खड्काले जानकारी दिनुभयो।

हाल मृतक बालकको शव पोष्टमार्टमका लागि पिपरा अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धानका लागि पिपरा अस्पतालमा प्रहरीलाई पठाइएको ईलाका प्रहरी कार्यालय वाणगंगा कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार