बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला

बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला

सप्तरी । सप्तरी प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला पारेका छन् ।जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेको अवस्थामा पाँच पोकामा २०-२० केजी गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बेस पातोबाट प्रहरी नायब उपरीक्षक नरेन्द्रसिहं धामीको कमाण्डमा सात जनाको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

बरामद गाजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि प्रहरीले गत शुक्रबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १७ वटा बोरामा रहेको तीन सय ९६ किलो गाँजा बरामद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार