भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन गर्ने भएका छन् ।  आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२५ को उद्घाटन गर्ने भएका छन् ।  आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणा गरेको हो ।

भदौ ३ गतेदेखि भदौ ८ गतेसम्म काठमाडौंको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो को प्रमुख अतिथि प्रधानमन्त्री ओली हुनेछन् ।

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए । चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो रहने जनाएका छन् ।

पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने पनि उनले जानकारी दिए ।

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको नाडाले जनाएको छ । प्रधानमन्त्री ओलीसँगको भेटवार्ताको लागि नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार