
सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको परोहा परमेश्वर बोलबम धाममा हिमानी ट्रस्ट रुपन्देही स्वयंसेवी परिवारले चिसो पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। श्रावण महिनाको अन्तिम सोेमबारको अवसरमा ट्रस्टले पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा ट्रस्टका स्वयंसेवकहरूले धाममा आएका करिब १ हजार ७ सय जना भक्तजन र तीर्थालुहरूलाई चिसो पिउने पानी वितरण गरेका छन ।
कार्यक्रममा ट्रस्टका सह–संयोजक कृष्ण न्यौपाने, स्वयंसेवक प्रदीप कोइराला र मनु पाण्डे लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम संयोजक प्रजुना श्रेष्ठ सिल्वालका अनुसार, “श्रावण महिनामा भगवान शिवको दर्शन गर्न आउने भक्तजनलाई सहज सुविधा पुर्याउन यो सेवा कार्यक्रम सञ्चालन गरिएको हो।”
हिमानी ट्रस्ट रुपन्देही स्वयंसेवी परिवारले विगतदेखि नै सामाजिक, धार्मिक तथा मानवसेवामूलक गतिविधिहरू गर्दै आएको छ।