
कीर्गिस्तानको बिश्केकसँग समान अंक ११ अंक भए पनि २ सेटले पछि पर्दा सेटको आधारमा हेल्प नेपाल काभा च्याम्पियन लिगको फाइनल पुग्नबाट चुकेको छ ।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा श्रीलंकाली पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हेल्प नेपालले बिश्केकसँग समान अंक भएपछि सेट आधारमा तेस्रो स्थानका लागि खेल्ने भएको हो ।
अब हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलंकाली पुलिससँग नै खेल्ने छ भने शीर्ष दुई स्थानका काजकस्तानको झाइयकले १४ अंक र किर्गिस्तानको बिश्केकले ११ अंक फाइनलमा स्थान सुरक्षा गरेका छन ।
मंगलबार नै भएको खेलमा झाइयकले बिश्केकलाई ३-० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थान हासिल गरेको थियो।