परपुरुष सँगको मिलेमतोमा श्रीमानकाे हत्या

देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते

कञ्चनपुर। गत वैशाख १७ गते बिहान कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला पर्नुभएका रामरेशर रानाको हत्या गरिएको खुलेको छ । लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय राना वैशाख १७ गते बिहान ६ बजे मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमती माया चौधरीले परपुरुष सँगको मिलेमतोमा रानाको हत्या गरेको अनुसन्धानबाट खुल्नमा आएको हो ।

घटना लगत्तै मृतकका आफन्तले उहाँका श्रीमतीसहित बेलौरी नगरपालिका ४ का पुन्ना राना र छिमेकी मानमती विरुद्ध किटानी जाहेरी दिएका थिए । अनुसन्धानका लागी तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जनाएको छ । अनुसन्धानका क्रममा मृतकका श्रीमतीले पुन्ना राना र मानमती चौधरीसँग मिलेर वैशाख १६ गते मध्य राति १२ बजेट रामरेशरको हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार पुन्ना राना ट्याक्टर चालक हुन् । २०८१ मा मृतकका श्रीमती र रानाबिच भेट भएको थियो । बयानका क्रममा उनीहरूबिच फोन नम्बर साटासाट भएपछि भेटघाट भइरहन्थ्यो । मृतक राना रोजगारीको सिलसिलामा भारतमा बस्दै आउनुभएको थियो ।

वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतिको घर हुँदै मायाको घरमा पुग्नुभएको थियो । मायाले सोही दिन राति श्रीमान् घरमा नभएको फोनबाट बताएपछि पुन्ना मायाको घरमा पुगेको बयानका क्रममा बुझिएको प्रहरीले जनाएको छ । तर पुन्ना पुग्नेको केही समयमै रामरेशर पनि घरमा पुग्नुभएको थियो । सोही राती घरमा परपुरुषलाई बोलाएको विषयमा विवाद भएको अनुसन्धानबाट खुल्नमा आएको प्रहरीले जनाएको छ ।

राना भारतबाट घर आएको दुई सातामै श्रीमती सँग विवाद हुँदा १६ गते राती तीनै जना मिलेर बाँसको चिर्पटले टाउकोमा प्रहार गरी रानाको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

हत्या अभियोगमा पक्राउ परेका राना मृतकको घरमा आउजाउ गरिरहने अनुसन्धान बाट खुल्नमा आएको एसपी खत्रीले बताउनुभयो । हत्यापछि तीनै जना मिलेर १७ गते बिहानै शवलाई सडक छेउमा फालेको बयानका क्रममा स्वीकार गरेको एसपी खत्रीले बताउनुभयो ।

घटना लगत्तै मृतकका आफन्तले तीनै जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई असार ५ गते नियन्त्रणमा लिएको जनाएको छ । असार २० गते अनुसन्धान सहित जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

असार २६ गते कञ्चनपुर जिल्ला अदालतले पुन्ना रानालाई पुर्पक्षका लागी कारागार चलान गरेको थियो भने माया चौधरी र मानमती चौधरीबाट १ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसक्दा तीनै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । मृतक रानाका एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार