काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबको बिजयी सुरुवात

काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबको बिजयी सुरुवात

काठमाडौं । नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले जितका साथ काभा मेन्स च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।

माल्दिभ्समा बिहिवार सुरु भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको हो ।

सुरुको २ सेट जितेको हेल्प नेपालले त्यसपछिका २ सेट गुमाएको थियो। पाँचौ तथा अन्तिम सेट सहजै आफ्नो पक्षमा पारेपछि हेल्प नेपालले विजयी सुरुवात गरेको हो।

साविक उपविजेताका हेल्प नेपाल ३३-३१,२५-२०,२२-२५,२०-२५ र १५-८ ले विजयी भएको थियो।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

@pahiloawajofficial काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबको बिजयी सुरुवात #cavavolleyball #helpnepal #volleyball ♬ original sound – Pahilo Awaj

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार