
काठमाडौं । सरस्वती खत्री र कुन्दन गुप्ता अभिनित ‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ ’ बोलको गीत सार्वजनिक भएको छ । एबी मोसन पिक्चर्स युट्युव च्यानल मार्फत गीत बजारमा ल्याइएको हो ।
सिर्जन बराल (ऋषि)को शब्द रहेको उक्त गीतमा चर्चित गायीका एलिना चौहानले स्वर भरेकी छिन । सुवास कार्की (कार्की जी)को संगीत रहेको गीतको एरेन्ज भने विशाल निरौलाले गरेका छन ।
रञ्जन राईले रेर्कड तथा अडियो सम्पादन गरेको गीत अलङ्कार स्टुडियोमा रेर्कडङ भएको हो ।
भिडियोको सिनेम्याटोग्राफरका रुपमा मिलन थापा रहँदा सम्पादन तथा रङ संयोजन अमृत चापागाईले गरेका छन ।
गीतको कथा र निर्देशन भने सिर्जन बराल (ऋषि)ले गरेका छन ।