संविधान संशोधनलाई हल्का रूपमा लिनुहुँदैन, राष्ट्रिय सहमतिबाट गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सहमति गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएकी छन्।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको प्रस्तावना र विभिन्न धारा मार्फत अभिव्यक्त गरिएका संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिन नहुने बताइन्।

उनले भनिन्, ‘जनताद्वारा निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान २०७२ विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन, राजनीतिक सङ्घर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि हो। तथापि संविधान कुनै जड दस्तावेज होइन। त्यसैले यसको मूलभूत मूल्य, मान्यता र अन्तर्वस्तुलाई अक्षुण्ण राख्दै समयको आवश्यकता तथा कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संशोधन गर्न सकिन्छ।’

उनले प्रत्यक्ष कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताइन्।

उनले थपिन्, ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation