मन्त्री प्रतिभा रावल भोलि झापा जाँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा भ्रमणमा जानुहुने भएको छ।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्नुहुने कार्यक्रम रहेको छ। साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्नुहुनेछ।

अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation