नेपाली कांग्रेसले बोलायो विशेष बैठक, सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न विशेष बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले बैठक बोलाइएको हो ।

बैठकमा पार्टी सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति तथा महामन्त्रीहरू सहभागी हुनेछन् ।

बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation