एनपीएलमा आज ‘रेस्ट डे’

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज ‘रेस्ट डे’ रहेको छ। आज प्रतियोगिताको कुनैपनि खेल हुने छैन।

राजधानीमा जारी प्रतियोगितामा हाल साविक विजेजा लुम्बिनी लायन्स शीर्ष स्थानमा रहेको छ। लुम्बनीले ३ खेलमा पाँच अंक जोडेको छ। दुई खेल खेलेको लुम्बनीले शतप्रतिशत जित निकालेको छ। एक खेल वर्षाले रद्द हुँदा चितवन राइनोजसँग अंक बाँडेको थियो।

गएराति भएको खेलमा लुम्बनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो। अंक तालिकामा विराटनगर किङ्स ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

समान अंक भएका कर्णाली जनकपुर र सुदूरपश्चिम तालिकामा क्रमश तेस्रो चौथो र पाँचौं स्थानमा छन्। ३ अंकका साथ चितवन तालिकाको छैठौं स्थानमा छ।

काठमाडौं गोर्खाज २ अंकका साथ सातौं तथा तीन खेल खेलेको पोखराले भने अहिलेसम्म एक खेल पनि जितेको छैन। उ अंक तालिकाको पुछारमा छ।

प्रतियोगिता अन्तरगत भोलि पहिलो खेलमा लुम्बनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation