सिमलताल घटनाको एक बर्ष : त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएनन्

सिमलताल घटनाको एक बर्ष : त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएनन्

काठमाडौं । एक बर्ष अघि आजकै दिन अर्थात असार २८ गते शुक्रबार बिहान साढे ३ बजे नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएका छैनन ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स पहिरोले बगाएर त्रिशुली नदिमा बेपत्ता भएका थिए ।

पहिरोले बगाएर त्रिशूलीमा खसेका २ बसमा ६२ जना सवार रहेको खुलेको थियो । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।

गणपति डिलक्समा ३६ जना र एन्जल डिलक्समा २६ जना यात्रु भएको पुष्टि भएको थियो । घटनामा एञ्जल्स डिलक्सका १० जना मृत फेला पर्दा १६ जना बेपत्ता भएका थिए । त्यस्तै गणपति डिलक्समा सवार यात्रुहरु मध्ये १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता छन ।

बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् ।

@pahiloawajofficial सिमलताल घटनाको एक बर्ष पूरा : त्रिशुलीमा बेपत्ता भएका दुई बस र ३९ यात्रुको अवस्था अझै अज्ञात #simaltal #tirsuli ♬ original sound – Pahilo Awaj

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार