कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको

काठमाण्डौ । गएराति देशभर हल्कादेखि मध्यम वर्षा भए पनि दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ । तर कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति पनि धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले  देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार