प्रधानमन्त्री ओलीले भने ‘भगवान रामको जन्म नेपालमा र भगवान शिव चाम्लिङ हुनसक्ने’

भ्रष्टाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको र भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले यस अघि पनि पटक पटकभगवान श्रीरामको जन्मभूमि चितवनको माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए । तर यस पटक भने राम नेपालमै जन्मिएका हुन् भन्न डराउनु नपर्ने बताए ।

साथै ओलीले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान् शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरेका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार