ब्राउन सुगर बोकेका शिब कुमार प्रहरीको फन्दामा

ब्राउन सुगर बोकेका शिब कुमार प्रहरीको फन्दामा

रुपन्देही । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शुद्धोदन गाउँपालिका १ का शिब कुमार मल्लाहलाई मंगलबार साँझ करिब साढे ६ बजेको समयमा पक्राउ गरेको हो ।

मल्लाहलाई लागु औषध कारोवार गर्दछ भन्ने सुचनाका आधारमा समातिएको प्रहरीले जनाएको छ । उनलाई १० ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर सहित शुद्धोदन १ बोर्डिङ टोलमा सोधपुछ गर्दा भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा परेपछि मल्लाहले साथीको घरमा बेच्ने प्रयोजनको लागि राख्न दिएको बताएका थिए । उनले दिएको जानकारी अनुसार प्रहरीले खानतलासी गर्दा बाकसमा लुकाइ राखियको अवस्थामा खैरो हिरोइन जस्तो देखिने लागु औषध जन्य पदार्थ बरामद भएको इप्रका रन्यौराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार