जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।

प्रहरीका अनुसार, बुधबार राति करिब सवा ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो । उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार, विस्फोटपछि अहिले प्रहरीको टोली खटिएको छ ।

के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार