
चीनमा २४ वर्षीया एक युवतीले धनी बन्न ८ जना प्रेमी बनाएको खबर बाहिरिएको छ । यिन शु नामक ती युवती गरिब परिवारकी भएको बताइएको छ । उनले ५ वर्षमा १० करोड रुपैयाँ कमाएर धनी बन्ने योजना बनाएको चिनिया सञ्चार माध्यमहरुले जनाएका छन ।
उनले आफ्नो सुन्दरतालाई हतियारको रूपमा प्रयोग गरेको सार्वजनिक समाचारहरुमा उल्लेख गरिएको छ । सुरुमा उनले जागिर छाडेको र त्यसपछि सुन्दर देखिनको लागि आफ्नो सबै बचत प्लास्टिक सर्जरीमा खर्च गरेको बताइएको छ ।
यिन शुले सामाजिक सञ्जालमा धनी व्यक्तिहरूलाई फिटनेस रुटिन, राम्रो ड्रेसिङ स्टाइल सिकेर लक्षित गर्न थालेकी थिइन । यिनले आफ्नो प्रेमीको घरमा बस्ने बहानामा डिजाइनर बेल्ट, महँगो सोफा, इलेक्ट्रोनिक्स सामानहरू चोर्ने गर्थिन्।
त्यसपछि उनी सबै सामानहरू अनलाइन सेकेन्ड ह्यान्ड प्लेटफर्महरूमा बेच्थिन्। उनले केही महिनामा ८ धनी व्यक्तिहरूबाट २ लाख युआन लगभग ३५ लाख रुपैयाँ चोरिन्। यिनको चालबाजी आफ्नो नवौं प्रेमीलाई फसाउन खोज्दा समातिएको समाचारमा उल्लेख गरिएको छ ।
भ्यालेन्टाइन डेमा यिनले आफ्नो प्रेमीको घर लुटिरहेको अवस्थामा क्यामेरामा कैद भइन्। यसपछि प्रेमीले प्रहरीलाई फोन गरेर यिनलाई पक्राउ गरे। यिनले प्रहरीको अगाडि आफ्नो अपराध स्वीकार गरेको पनि समाचारमा उल्लेख छ ।