तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सुनको मूल्यमा नयाँ र्कीतिमान

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार