Pahilo Awaj

Advertisment

SKIP THIS

बलात्कार आरोपी सिन्धुलीबाट पक्राउ

ब्राउन

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का छन् । उनलाई सिन्धुलीको दुधौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनले करिब डेढ वर्ष अघि ७ वैशाख २०८० मा गेस्टहाउसमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बलात्कार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार