
काठमाडौं । एलओडीबाट चर्चित र्यापर नवाज अन्सारीको टुर सुरू भएको छ । शनिबार काठमाडौको ठमेल स्थित एलओडीमा शान्दनर प्रस्तुतिसँगै र्यापर अन्सारीको साम्राज्य टुर सुरू भएको हो ।
भरखरै विश्वको उत्कृष्ट डिजेको ४४ औं स्थानमा पर्न सफल एलओडीमा नवाज अन्सारीले आफ्नो धमाकेदार प्रस्तुति दिएका हुन् । युवा पुस्तामा चर्चित र्यापर अन्सारीले देशका विभिन्न सहरहरूमा साम्राज्य टुर गर्ने घोषण गरिसकेका छन्। जसको सुरूवात एलओडीबाट भएको छ ।
अन्सारीको साम्राज्य टुर पोखरा, बुटबल लगायतका सहरहरूमा हुने जनाइएको छ ।
अन्सारीको यो पहिलो नेपाल टुर हो । उनी करिब ८ वर्षपछि नेपाल आएका हुन् । अमेरिकामै बसेर नेपाली हिपहपलाई प्रतिनिधित्व गर्दै आएका अन्सारी र्याप क्षेत्रमा निकै चर्चित छन्
एलओडीमा जेन्जीदेखि अल्फा पुस्तासम्म अन्सारीको र्यापमा झुमेका थिए । अन्सारीको प्रस्तुतिमा चर्चित भ्लगर सिसन बानियाँले झन दर्शकहरूलाई उत्साहित बनाएको थियो । यसका साथै अन्य र्यापर प्रोफेर ट्रिक्स, यबी लगायतले एलओडीको माहोल झन उत्साहित बनाएको थियो ।
करिब ९ बजेदेखि सूरू भएको अन्सारीको प्रस्तुति करिब साढे १२ बजेसम्म चलेको थियो ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको छ । यसअघि क्लब २०२२,०२३ र ०२४ मा क्रमशः ४९,५२ र ५० स्थानमा परेको थियो ।