Pahilo Awaj

Advertisment

SKIP THIS

दिदीबहिनी घरभित्र मृत भेटिए

child death

काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।

‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने गर्नुभएको रहेछ,’ बस्नेतले भने, ‘बुवा नुवाकोटमा काम गर्नुहुँदो रहेछ । दुइवटै छोरीको मृत्यु भएको अवस्थामा भेटिएको छ ।’
घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।

‘घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं,’ उनले भने ।

मृत

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार