फेरि उकालो लाग्न थाल्यो सुन

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला तीन  हजार ३०० र असली चाँदी १२० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation