सैनामैना । मुर्गिया फुटवल क्लबको आयोजनामा सैनामैना वडा लिग फुटवल प्रतियोगिता २०८३ हुदैछ । सैनामैना वडा नं ४ मुर्गियाको फुटवल रंगशालामा हुन लागेको प्रतियोगितामा सैनामैनाका ११ वटै वडाको सहभागीता रहने आयोजक क्लब मुर्गिया फुटवल क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया नगद, शिल्ड, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन भने द्धितिय हुनेले ५५ हजार ५ सय ५५ रुपैया नगद ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने मुर्गिया फुटवल क्लबका अध्यक्ष प्रबिन भारीले जानकारी गराउनु भयो ।
प्रतियोगिता यही मंसिर १२ गते देखी २५ गते सम्म संचालन हुने प्रतियोगिताको संरक्षक सैनामैना नगरपालिका र सह आयोजक सैनामैना नगर खेलकुद बिकास समिति रहेको छ ।
प्रतियोगितामा बिभिन्न बिधामा पुरुस्कार प्रदान गर्ने मुर्गिया फुटवल क्लबका सल्लाहकार अशोक खड्काले बताउनु भयो ।
क्लबले बिभिन्न गतिबिधि संचालन गर्दै आएको र खेलाडी उत्पादन, संरक्षण र प्रहोत्सान गर्दै आएको क्लबका सल्लाहकार श्री दर्लामीले बताउनु भयो ।
मुर्गिया फुटवल क्लबले बिभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आएको सैनामैना वडा नं ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले बताउनु भयो । क्लबले खेलजगत र खेलाडीको बिकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको समेत अधिकारीको भनाई थियो ।
पछिल्लो समय सैनामैना खेलकुदमय बन्दै गएको सैनामैना वडा नं ५का वडा अध्यक्ष धन प्रसाद पौडेलले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च हुने समेत आयोजकले जनाएको छ ।
मुर्गिया फुटवल क्लबका अध्यक्ष प्रबिन भारीको अध्यक्षता एवं क्लबका सदस्य हर्षित गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










