काठमाडौँ । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला तीन हजार ३०० र असली चाँदी १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य तीन हजार १९५ रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो।










