काठमाडौं । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने नयाँ योजना सार्वजनिक गरेको छ। आफ्ना उपभोक्ताका लागि कम्पनीले ‘विन्टर अफर’ नामक विशेष उपहार योजना ल्याएको हो।
क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको यो योजनाअन्तर्गत ६ भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन्।
योजनामा सहभागिताका लागि कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेको छ। उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ। स्क्यान गरेपछि मागिएको विवरण दर्ता गरेसँगै उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन्।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी भाग्यशाली विजेता घोषणा गरिनेछ। पाँच फरक स्वादमा आफ्ना उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा कम्पनीले यो विशेष अभियान सुरु गरेको हो। नयाँ स्वादको विस्तारसँगै उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ।










