काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्दैछन्।
एनपीएललाई भविष्यमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजनाअनुसार आवश्यक पूर्वाधार, घरेलु मैदान र लगानीका विषयमा छलफल गर्न उनीहरूलाई बोलाइएको हो।
सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिबाट घरेलु मैदानका लागि आवश्यक पूर्वाधार, अहिलेको अवस्था र अपेक्षाबारे जानकारी लिइनेछ।
त्यसका आधारमा रंगशाला निर्माण तथा स्तरोन्नति र लिज प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा थप गृहकार्य हुने अपेक्षा गरिएको छ।










