आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी भन्दै सर्वोच्च रिट दर्ता

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो ।
लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो ।

तर, यसैबीचमा उनी लुम्बिनी विकास कोषमा उपस्थित भएर कार्यभार सम्हालेकी थिइन् ।

यसै सन्दर्भमा उक्त नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation