
सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज पाँचौ दिन सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको पाँचौ दिन आज दुई खेल सम्पन्न भएका हुन् ।
सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर ११ र दोस्रो खेलमा वडा नम्बर ४ विजयी भएको खेल संयोजक रेवन्त सिंजालीले जानकारी दिनुभयो ।
सिंजालीका अनुसार पहिलो खेलमा वडा नम्बर ११ र वडा नं १ का बिचमा भएको खेलमा निर्धारित समयसम्म कुनै पनि गोल हुन नसक्दा पेनाल्टीमा गएको थियो जसमा वडा नं १ ले २ गोल गर्यो भने गोल गर्यो भने वडा नं ११ ले ३ गोल गर्दै विजयी भएको हो ।
यस्तै, वडा नं ४ र ५ का बिचमा भएको खेलमा १ का विरुद्ध ३ गोल गर्दै वडा नं ४ विजयी भएको हो ।
पहिलो खेलमा वडा नं ११ का शुशिल थापा र दोस्रो खेलमा वडा नं ४ का राजिव चापागाई म्यान अफद म्याच हुन सफल भए ।
प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।