सैनामैनामा वडा कप क्रिकेट प्रतियोगिता आयोजना हुँदै

रुपन्देही । रुपन्देहीको सैनामैनामा वडा कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सैनामैना क्रिकेट क्लबको आयोजनामा ‘वडा कप क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।

प्रतियोगिता २०८३ साल मंसिर ६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू बिहान ११ बजेदेखि सञ्चालन हुनेछन्।

सैनामैना–७, लटियास्थित गौतम बुद्ध क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना हुनेछ।

प्रतियोगिताको संरक्षकमा सैनामैना नगरपालिका वडा नं. ७ रहेको छ भने सह–आयोजकमा सैनामैना नगर खेलकुद समिति रहेको छ। त्यस्तै, रुपन्देही क्रिकेट संघ र स्टार स्पोर्ट्स क्लबले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका छन्।

स्थानीयस्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडास्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation