वृत्तचित्र निर्देशक सानुकाजी थापा सम्मानित

काठमाडौं । टोखाको पहिलो वृत्तचित्र निर्देशक सानुकाजी थापा सम्मानित भएका छन् । चलचित्र तथा वृत्तचित्रमार्फत प्राचीन टोखाको मौलिक कला, संस्कृति र ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

‘कर्मवाद’ पुस्तकको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले थापासहित समाजसेवी प्रेमलाल महर्जनलाई सम्मानपत्र प्रदान गरे । प्राचीन टोखाको कला, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनीहरूलाई सम्मानित गरिएको आयोजकले जनाएको छ ।

“सम्पूर्ण अतिवाद तोडौँ, कर्मवादमार्फत नेपाल राष्ट्रको समृद्धिका लागि ७५३ चक्रपथ निर्माण गरौँ” भन्ने मूल नाराका साथ प्रकाशित ‘कर्मवाद’ पुस्तकको सोही समारोहमा विमोचन गरिएको थियो । कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरूले पुस्तकको विषयवस्तु, सान्दर्भिकता र राष्ट्र निर्माणमा कर्मवादको महत्त्वबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation