काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो को १८ औँ संस्करण सुरु भएको छ ।
अटो शोलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले कर्जा सुविधा उपलब्ध गराउने हेतुले आ-आफ्नो स्टल राखेका छन्।
जसमध्ये गोरखा फाइनान्स लिमिटेडले पनि सवारी साधन खरिद गर्न चाहनेहरूका लागि सहज र सरल रुपमा कर्जा सेवा उपलब्ध गराएको छ।
गोर्खाज फाइनान्सले नाडा अटो शोबाट सेवा लिने सेवाग्राहीका लागि सात वर्ष समय अवधि राखी ६.९९ प्रतिशत व्याजदरमा हायर पर्चेज सेवा उपलब्ध गराएको फाइनान्सकी फोकल पर्सन निलम राईले जानकारी दिनुभयो ।

राईका अनुसार गोर्खाज फाइनान्सले कर्जा सुविधा चाहनेहरूका लागि १ प्रतिशत सेवा शुल्क राखेर कागजातको सम्पूर्ण काम सकिएको तीन दिनमै डेलिभरी अर्डर दिनेछ ।
फाइनान्सको यो अफरको सदुपयोग गरि नयाँ तथा सेकेन्ड ह्यान्ड दुवै गाडी सेवाग्रहीले लिन सक्ने राईले बताउनुभयो।
हायर पर्चेजका लागि ६० देखि ८० प्रतिशतसम्म फाइनान्स सेवा उपलब्ध गराउने पनि राईले जानकारी दिनुभयो।
गोर्खाज फाइनान्सले अटो लोन, होम लोन सहित अन्य थप १० कर्जा सेवा उपलब्ध गराउँदै आएको छ ।










