आरूटार महिला समूहद्वारा स्तुल खोला जाने बाटो र अस्पताल जाने सडक सरसफाइ

गोरखा । आरूटार महिला समूहका सदस्यहरूले बाटो तथा सडक सरसफाइ गरेको छ। वातावरण स्वच्छ राख्न र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन महिला समूहका ४० जना सदस्यहरू मिलेर सरसफाइमा गरेका हुन्।

सरसफाइ कार्यक्रमअन्तर्गत आरूटारदेखि स्तुल खोला जाने बाटो तथा आरूघाट आधारभूत अस्पताल जाने सडक वरपर उम्रिएका झाडी फँडानी गरिएको छ।

अस्पताल जाने मुख्य सडक र खोला जाने बाटोमा झाडी बढ्दा सर्वसाधारणलाई आवतजावतमा सास्ती भइरहेकाले यो अभियान सञ्चालन गरिएको महिला समूहले जनाएको छ।

महिला समूहको यो अग्रसरता र सामाजिक उत्तरदायित्वको स्थानीयवासीले उच्च प्रशंसा गरेका छन्। गाउँलाई सफा र व्यवस्थित राख्न आगामी दिनमा पनि यस्ता सरसफाइ अभियानलाई निरन्तरता दिइने समूहका प्रतिनिधिहरूले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation