लेदो सहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।

लेदो सहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation