तनहुँ । नेपाली कांग्रेसको आगामी असोज १३ गते हुन गइरहेको १५ औं महाधिवेशनका लागि तनहुँ क्षेत्र नम्बर १ मा श्रमिकतर्फबाट महाधिवेशन प्रतिनिधि पदमा बसन्त घर्तीले उम्मेदवारी दिएका छन् ।
घर्ती तनहुँ ब्यास भूमि यातायात प्रा लि का अध्यक्ष बसन्त घर्तीले श्रमिकतर्फबाट महाधिवेशन प्रतिनिधि पदमा आफ्नो सबल र सशक्त उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि स्थानीय भूगोलमै रहेर श्रमिक, यातायात व्यवसायी तथा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका घर्ती निष्ठावान् र जनप्रिय नेताका रूपमा परिचित छन् । श्रमिक तथा सर्वसाधारणका मुद्दालाई नजिकबाट बुझेका उनले पार्टीको संगठन सुदृढीकरण र श्रमिक वर्गको अधिकार स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।









