मन्त्रीपरिषदको बैठक सिंहदरबारमा बस्दै

मन्त्रालय खारेजी र मर्जर सम्बन्धमा छलफल गर्न बैठक बस्दै !

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा  मन्त्रालय खारेजी र मर्जर सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको जानकारी अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् । त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ ।

मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation