काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले राहत सामाग्री सहयोग गरेको छ ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामाग्री शनिबार हस्तान्तरण गरेका हुन् ।
यस्तै गत भदौ १८ मा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराइसकेको छ ।










