पहिलो आवाज – Pahilo Awaj

Advertisment

SKIP THIS

भोटेकोसी बाढीपीडितलाई युवा संघको राहत, ८० भन्दा बढी ग्यास सिलिन्डर वितरण

नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले नुवाकोटको विदुर नगरपालिका–५ का बाढीपीडित परिवारलाई ८० भन्दा बढी ग्यास सिलिन्डर वितरण गरेको छ।

युवा नेता मनोज खत्री, प्रेम प्रधान र ध्रुव अधिकारीलगायतको उपस्थितिमा प्रभावित परिवारलाई ग्यास सिलिन्डरसहित राहत सामग्री वितरण गरिएको हो। राहत वितरणबारे युवा नेता ध्रुव अधिकारीले जानकारी दिएका हुन्।

अधिकारीका अनुसार बाढीपछि युवा संघको टोली प्रभावित क्षेत्रमा पटक–पटक पुगेर उद्धार तथा राहतका काममा सक्रिय हुँदै आएको छ। विपद्का बेला प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत तथा पुनःस्थापनाका अभियानलाई निरन्तरता दिइने उनले बताए।

प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्न युवा संघ प्रतिबद्ध रहेको अधिकारीको भनाइ छ। उनले आगामी दिनमा पनि बाढीपीडित परिवारलाई सक्दो सहयोग गर्दै जाने बताए।

राहत वितरण कार्यक्रममा युवा नेता मनोज खत्री, प्रेम प्रधान, ध्रुव अधिकारीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation