पहिलो आवाज – Pahilo Awaj

Advertisment

SKIP THIS

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी

जेनजी

काठमाडौं जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एकवर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता छानबिनप्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले जारी गरेको प्रेसवक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगकोप्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिसकार्यान्वयन गर्न माग गरिएको छ। त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका सम्बन्धमा गरेकोछानबिन प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग संगठनले अघिसारेको छ।

आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेभन्दै मुभमेन्टले आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसा तथामुठभेडतर्फ धकेल्ने, हिंसा भड्काउने वा राज्य नागरिकबीचद्वन्द्व सिर्जना गर्ने कार्यमा संलग्न जोसुकै भए पनि कानुनबमोजिमकारबाही गर्न माग गरेको छ।

त्यसैगरी, भदौ २४ गते भएका आगजनी, तोडफोड, हिंसा तथासार्वजनिक निजी सम्पत्तिमा भएको क्षतिबारे निष्पक्षअनुसन्धान गरी दोषी प्रमाणित भएकामाथि कानुनी कारबाहीगर्नुपर्ने उसको माग छ।

जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका तरकुनै गम्भीर अपराधमा संलग्न नभएका नागरिक तथायुवाहरूलाई तत्काल रिहा गर्न पनि मुभमेन्टले माग गरेको छ।दोषी निर्दोष छुट्याउने आधार निष्पक्ष अनुसन्धान न्यायिकपरीक्षण हुनुपर्ने भन्दै सामूहिक दण्ड तथा प्रतिशोध स्वीकार्यनहुने उसले स्पष्ट पारेको छ।

सरकार संसद्लाई कडा चेतावनी

प्रेस वक्तव्यमा सरकार प्रतिनिधिसभालाई पनि कडा सन्देशदिइएको छ। जनविश्वास कमजोर हुँदै गएको आफ्नोऔचित्यमाथि प्रश्न उठिरहेको प्रतिनिधिसभा तथा असफलताकोबाटोतर्फ अघि बढिरहेको सरकार समयमैसही ट्र्याकमाफर्किनुपर्नेहमालको भनाइ छ।

सत्ता जनताको सेवाका लागि हो, जनताको आवाज दबाउनकालागि होइनभन्दै उनले जेनजी आन्दोलनले उठाएका प्रश्न, शहीदहरूको बलिदान नागरिकका अपेक्षालाई बेवास्ता गरिएलोकतान्त्रिक संस्थाप्रतिको विश्वास थप संकटमा पर्ने चेतावनीदिएका छन्।

हमालले सरकारलाई जनताको आवाज सुन्न, जेनजीआन्दोलनको मर्म बुझ्न, दोषीमाथि कारबाही गर्न, निर्दोषलाईरिहा गर्न तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेकाछन्।

सरकार परिवर्तन हुँदैमा आन्दोलनको उद्देश्य समाप्त भएको ठान्नुगम्भीर भूल हुने उनको भनाइ छ। आन्दोलन कुनै व्यक्ति वादलविरुद्ध नभई अन्याय, दण्डहीनता, भ्रष्टाचार, अपारदर्शिता नागरिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध भएको उनले बताएकाछन्।

देशभर दीप प्रज्ज्वलनको आह्वान

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भदौ २३ गतेकाठमाडौंको बानेश्वरमा शहीद परिवार तथा घाइतेहरूकोसहभागितामा हुने कार्यक्रममा हजारौँ युवा तथा नागरिकसहभागी हुन उसले अपिल गरेको छ।

त्यस्तै, देशभरका जिल्ला सदरमुकाम तथा विभिन्न स्थानमा दीपप्रज्ज्वलन गरी आन्दोलनका शहीदहरूको स्मरण गर्न आन्दोलनको मर्म अझै जीवित रहेको सन्देश दिन पनि आह्वानगरिएको छ।

मुभमेन्टले आफूहरूको संघर्ष शान्तिपूर्ण लोकतान्त्रिकमाध्यमबाट निरन्तर अघि बढ्ने जनाएको छ।एक वर्ष बितेको, तर प्रश्नहरू बाँकी छन्; शहीदहरू सम्झनामा छन्, तर न्यायअझै बाँकी ,’ वक्तव्यमा भनिएको छ।

जनजी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation