काठमाडौं । पाँचथरको फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
स्थानीय एक किसानको अलैँचीबारीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
शवको पहिचान नभएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल शाहले जानकारी दिए।
मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।