रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, १६० जना उपचारपछि डिस्चार्ज

सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएका ७६८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै २६४ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन् ।

प्रहरी अनुसार हालसम्म दुई हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ ।

यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट १६० जना घाइते उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation