बाढी पिडितलाई एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग

काठमाडौं । बाढी पीडितका लागि रिलायबल फुड्स एन्एड बेभरेज प्रा.लिको एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ‌।

हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गर्न लागेको जनाएको छ।

विपद्को समयमा प्रभावित परिवारहरूको पीडामा साथ दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको यस सहयोगले बाढीबाट प्रभावित परिवारहरूको राहत कार्यमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation