रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गर्नुभएको छ।

मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपद् भएको उल्लेख गर्दै बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको जानकारी दिनुभयो। विपद्को यस कठिन घडीमा पीडितहरूको तत्काल उद्धार, राहत तथा पुनर्नर्मार्णका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै उहाँले साउदी अरबका परराष्ट्रमन्त्रीसमक्ष मानवीय सहयोगका लागि आग्रह गर्नुभयो।

भेटवार्तामा दुई देशबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation