डोङफेङका दुई नयाँ मोडल इपाई ००७ र एमहिरो१ सार्वजनिक, मूल्य कति?

काठमाडौं । नाडा अटो शोमा डोङफेङका दुई नयाँ मोडल सार्वजनिक भएका छन्।

नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेताले एमएडब्लु वृद्धिले
लक्जरी सेडान इपाई ००७ र अफ रोड ईलेक्टिक एसयुभी एम हिरो १ सार्वजनिक गरेको हो।

इपाई ००७ को मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो गाडीमा ५६.८३ किलोवाट आवर ब्याट्री रहेको छ। जसले ५३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

त्यसैगरी अटो शोकै दौडान रेन्ज एक्स्टेन्डेड ईभी एम हिरो शोकेस मात्र गरिएको छ। यसको मूल्य सार्वजनिक गरिएको छैन।

यसको ब्याट्री ६५.८ किलोवाट आवर छ। रेन्ज एक्स्टेन्ड १५६ किलोमिटर र कम्वाइन्ड रेन्ज ८०० किलोमिटर रहेको छ। गाडीमा ८४ लिटरको फ्युल ट्यांकी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation