काठमाडौं । नेपालमा ओमोडा र जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेको जे५ प्रोका लागि विशेष नाडा स्पेसल स्किम घोषणा गरेको छ।
सीमित अवधिका लागि लागू हुने यस विशेष योजनाअन्तर्गत पहिलो १०० ग्राहकले जेको जे५ प्रो ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
प्रिमियम इलेक्ट्रिक एसयूभी सेगमेन्टमा उत्कृष्ट प्रविधि, शक्तिशाली प्रदर्शन र उत्कृष्ट व्यावहारिकतासहित उपलब्ध जेको जे५ प्रोले नेपाली ग्राहकहरूमाझ छोटो समयमै उल्लेखनीय आकर्षण सिर्जना गरेको छ। विशेषगरी ११ देखि १६ अगस्ट २०२६ सम्म आयोजना भएको नाइमा मोबिलिटी एक्स्पोमा जेको जे५ प्रोप्रति देखिएको असाधारण चासो र ग्राहकको मागलाई सम्बोधन गर्दै कम्पनीले पहिलो १०० ग्राहकका लागि यो विशेष योजना ल्याएको हो।
ग्राहकको विश्वासलाई सम्मान गर्दै, नाइमा मोबिलिटी एक्स्पोको अवधिमा जेको जे५ प्रोबुकिङ गरिसकेका ग्राहकहरूलाई पनि यही विशेष मूल्य योजना उपलब्ध गराइनेछ। यस विशेष अवसरअन्तर्गत अब ग्राहकहरूले टप-एन्ड स्पेसिफिकेसनयुक्त जेको जे५ प्रोमात्र रु. ४७.९९ लाखमा प्राप्त गर्न सक्नेछन्।
जेको जे५ले अन्तर्राष्ट्रिय बजारमा पनि बलियो सफलता हासिल गरिसकेको छ। यो थाइल्यान्ड र इन्डोनेसियामा नम्बर १ बेस्ट-सेलिङ ईभी एसयूभी का रूपमा स्थापित भइसकेको छ, जसले प्रदर्शन, प्रविधि, व्यावहारिकता र मूल्यको उत्कृष्ट संयोजन खोज्ने ग्राहकहरूमाझ यसको बढ्दो लोकप्रियता स्पष्ट रूपमा देखाउँछ।
नेपाली बजारका लागि जेको जे५ प्रोउत्कृष्ट प्रदर्शन र एसयूभी क्षमतासहित आएको छ। यसमा रहेको १५५ केडब्लु इलेक्ट्रिक मोटरले २८८ एनएम टर्क उत्पादन गर्छ, जसले शहरी यात्रादेखि लामो दूरीको यात्रासम्म शक्तिशाली र सहज प्रदर्शन प्रदान गर्दछ। १८५ एमएमको ग्राउन्ड क्लियरेन्स ले विविध सडक अवस्थाका लागि थप आत्मविश्वास प्रदान गर्छ भने फुल-साइज स्पेयर टायर ले नेपाली सडक र यात्राका क्रममा थप व्यावहारिकता तथा मानसिक शान्ति सुनिश्चित गर्दछ।
जेको जे५ प्रोमा ५०.७ केडब्लुएच ब्याट्री, १९ भन्दा बढी एड्यास तथा सुरक्षा फिचर्स, प्यानोरामिक मुनरुफ र ४८० लिटर बुटस्पेस जस्ता प्रिमियम तथा बेस्ट-इन-सेगमेन्ट विशेषताहरू उपलब्ध छन्। यी विशेषताले आधुनिक प्रविधि, आराम, सुरक्षा र दैनिक उपयोगितालाई एउटै इलेक्ट्रिक एसयूभी मा समेटेको छ।
स्वामित्वको अनुभवलाई अझ विश्वसनीय बनाउँदै जेको जे५ प्रोसँग ११ वर्ष वा २,४०,००० किलोमिटर सम्मको विस्तारित वारेन्टी पनि प्रदान गरिएको छ। यसले दीर्घकालीन स्वामित्व र ग्राहकको आत्मविश्वासप्रति जेकुको प्रतिबद्धता झल्काउँछ।
शक्तिशाली इलेक्ट्रिक प्रदर्शन, उत्कृष्ट एसयूभी क्षमता, उन्नत प्रविधि, प्रिमियम विशेषता र दीर्घकालीन स्वामित्व सुरक्षाको संयोजनले जेको जे५ प्रोलाई प्रिमियम इलेक्ट्रिक एसयूभी रोज्न चाहने ग्राहकका लागि आकर्षक विकल्प बनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हासिल गरेको सफलता, उत्कृष्ट प्रदर्शन र ग्राहक-केन्द्रित स्वामित्व सुविधाका कारण जेको जे५ प्रोले नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको इलेक्ट्रिक सवारी बजारमा आफ्नो बलियो उपस्थिति थप सुदृढ गर्दै छ।
४७ लाख ९९ हजारको नाडा स्पेसल स्किम सीमित अवधिका लागि पहिलो १०० ग्राहकमा मात्र लागू हुनेछ। योजना लागू हुने अवधिमा तथा अन्य सर्त र नियमहरू कम्पनीको लागू नीतिअनुसार रहनेछन्।










